१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

काठमाडौं - प्रधानसेनापति राजेन्द्र क्षत्रीले विहीबार जंगी अड्डामा प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन्। प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको परम्परा रहेको छ। क्षत्री शुक्रबारबाट विदा बस्दै छन्।

क्षत्रीले भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दै छन्। उनले नेपाली सेनामा ४० वर्ष सेवा गरे।बुझबुझारथ पश्चात कामु प्रधानसेनापति थापाले काठमाण्डौ—तराई/मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार बलाध्यक्ष रथी हेमन्त राज कुँवरलाई हस्तान्तरण गरे।

प्रकाशित: २४ श्रावण २०७५ १४:०३ बिहीबार

प्रधानसेनापनी