१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख समक्ष नीति तथा कार्यक्रम पेश

सुर्खेत- कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेश प्रमुख समक्ष पेश गरेको छ। आइतबार विहान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष पेश गरेका हुन्।

शनिबारको मन्त्रिपरिषद् वैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्नेछन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्ने सम्वन्धमा छलफल भएको जानकारी दिए । उनले सोमवार बस्ने कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए।

नीति तथा कार्यक्रममा पर्यटन, कृषि र भौतिक पूर्वाधारलाई समेटिएको छ । सरकारका प्रवक्ता विमला केसीका अनुसार नयाँ वर्षको दिन राराबाट प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको कर्णाली–रारा पर्यटन वर्षलाई सघाउ पुर्याउने उद्देश्यसहितका कार्यक्रम समेटिएका छन्।

यस्तै कर्णाली कोरिडोर अन्र्तगतको कोहलपुर–सुर्खेत–हिल्सा सडक, भेरी कोरिडोर अन्र्तगतको सुर्खेत–जाजरकोट–डोल्पा सडक, दाङ–सुर्खेत–दिपायल सडक, बर्दियाको भुरिगाउँ–तेलपानी सडक, सुर्खेत–दैलेख–नाग्म–गमगढी हुँदै नाक्चेलाग्ना सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा सुर्खेतदेखि बर्दिया जोड्ने छोटो मार्ग भुरीगाउँ तेलपानी सडक र सुर्खेत–कोहलपुर खण्डमा सुरुङ मार्ग निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन गर्दै दुई लेनको सडक स्तरोन्नति गरिने, माथिल्लो कर्णाली, बेतन कर्णाली तथा नलसिंङगाड जलविद्युत आयोजनालाई पहिलो प्राथमिकतामा राखेर यस्तै प्रकृतिका जलविद्युत आयोजनाहरुलाई संघीय सरकारसंग समन्वय गरेर प्रदेशमा लगानीमैत्री वातावरण सृजना गरिने उल्लेख छ।

प्रवक्ता केसीका अनुसार पाँच वर्षभित्र सबै स्थानीय तहमा विद्युत पुर्‍याउने लक्ष्य पनि नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै दुर्गम जिल्लाका बिरामीहरुका लागि हवाई एम्बुलेन्स वा एयर लिफ्टिङको व्यवस्था गर्नुका साथै प्रदेशमा रहेका भाषा, धर्म, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि ‘भाषा तथा संस्कृति आयोग’ गठन गर्ने, रैथाने बाली प्रवद्र्धन र खानेवानी परिवर्तनका लागि विशेष कार्यक्रम ल्याइने छ।

 

प्रकाशित: ९ वैशाख २०७५ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App