१४ वैशाख २०८२ आइतबार
image/svg+xml २:५८ पूर्वाह्न
राजनीति

हर्कमाथि बस्नेतको आरोप : श्रमदानका नाममा भ्रष्टाचार, उत्तेजक बयान दिएर पन्छिने दाउ

नेकपा एमालेका नेता महेश बस्नेतले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङमाथि श्रमदानका नाममा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। नेता बस्नेतले अख्तियारले अनुसन्धान गर्न बोलाएपछि भावनात्मक र उत्तेजनात्मक जवाफ दिएर पन्छिन खोजेको समेत उल्लेख गरेका छन्। 

पूर्वमन्त्री समेत रहेका बस्नेतले लेखेका छन्, ‘अख्तियारलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उट्पट्याङ जवाफ दिएर त्यसको ब्यहोरा आफैले फेसबुकमा सार्वजनिक गरेका छन्। श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै उनीविरुद्ध परेको उजुरी अख्तियारले केही महिनायता अनुसन्धान गरिरहेको छ । आफूले अख्तियारलाई पठाएको जवाफ हर्कले फेसबुकमा राखेका छन्।’ 

यो पनि पढ्नुहोस्

अख्तियारलाई हर्कको जवाफ- एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है

यो पनि पढ्नुहोस्

अख्तियारलाई हर्कको जवाफ : नानाथरी नसोधिराख्नुस्

नेता बस्नेतले अख्तियारलाई साम्पाङले दिएको जवाफका केही फेसबुक स्टाटस पनि स्मरण गराएका छन्। अख्तियारले अनुसन्धानको क्रममा बयानमा बोलाएकाले उनी विक्षिप्‍त भएको उनको बुझाई रहेको छ। बस्नेतले मेयर साम्पाङ पानीमाथिको ओभानो बन्न खोजेको उल्लेख गरेका छन्। 

प्रकाशित: १२ माघ २०८१ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App