८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

छविलाई कास्कीबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई बयानका लागि पोखराबाट पर्सा लगिएको छ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई वीरगञ्ज लगिएको हो। आइतबार बेलुका पोखराबाट सडकमार्ग हुँदै दुवैजनालाई वीरगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयमा जोशी र खनालसँग आज बयान लिने तयारी गरिएको छ। वीरगञ्जको वयान सकिएपछि उनीहरुलाई पुनः पोखरा फर्काइने छ।दुवै जनाको वयान सकिएलगत्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने प्रहरीको तयारी छ।

लामिछाने विरुद्ध पनि पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। पक्राउपूर्जी जारी भएका जिल्लाहरुमा उनीहरुलाई लगेर बयान लिने क्रम जारी छ। यसअघि रुपन्देही, काठमाडौं र चितवनमा उनीहरुको बयान लिइएको थियो।

प्रकाशित: २४ मंसिर २०८१ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App