अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा महँगिएको विरोधमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँको अगुवाइमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
आइतबार अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा अकासिएको र त्यसको प्रत्यक्ष मार बिदेसिने श्रमिकमा परेको भन्दै सांसद बजगाईँको अगुवाइमा साङ्केतिक विरोध प्रदर्शन भएको हो।
बजगाईँ गोरखा क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। सरकारले हवाई भाडा नियन्त्रण गर्न नसकेको र यसबाट प्रत्यक्ष रूपमा खाडी राष्ट्र जाने मजदुर समस्यामा परेकाले साङ्केतिक विरोध प्रदर्शन गर्नुपरेको सांसद बजगाईँले बताए।
तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: २५ कार्तिक २०८१ १५:३८ आइतबार