काठमाडौं– भारतको तीन दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली नयाँ दिल्लीबाट काठमाडौका लागि प्रस्थान गरेका छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री ओलीलाई भारतका गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । विदाई गर्न भारतको वित्त राज्यमन्त्री शिव प्रताप शुक्ला, भारतका लागि नेपालका कार्यवहाक राजदूत भरतराज रेग्मी र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी विमानस्थल पुगेका थिए।
प्रकाशित: २५ चैत्र २०७४ १२:५१ आइतबार