४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

बैठकमा गत सोमवार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने बताइएको छ। त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

गत सोमवार एमाले र कांग्रेसबिच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ।  

प्रकाशित: २५ असार २०८१ ०८:२१ मंगलबार

#Sher Bahadur Deuba #CPN UML #KP Sharma Oli