१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

केन्द्रीय समितिमा प्रकाशमान सिंहका ९ बुँदा : कांग्रेसको सेयर बजार किन ओरालो लाग्यो ? (पूर्ण पाठसहित)

काठमाडौं-  नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले जारी केन्द्रीय समिति बैठकमा ९ बुँदे सुझाव पेश गरेका छन्। उनले राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिको सभामुख उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, राष्ट्रपति, उपराष्ट्रपति पद लगायतमा नेपाली काँग्रेसले कुनै स्थान नपाउनुलाई पनि तीनै तहको निर्वाचन पराजयको परिणामसंगै जोडेर समीक्षा गरिनु पर्ने बताएका छन्।

उनले काँग्रेसलाई सामान्य सुधार वा टालटुल गर्ने प्रवृत्तिले मात्र पुनःस्थपित गर्न सम्भव नभएको बताएका छन्।

नेपाली काँग्रेस आफ्नो ऐतिहासिक भूमिका, सिद्धान्त, विचार, आदर्श र संस्कारले काँग्रेस भएको बताउँदै उनले यो केवल निर्वाचन आयोगमा गर्दा भएर वा नाम मात्रको काँग्रेस भएर होइन भनेका छन्। ‘हामी वामपन्थी भाषमा वा उग्रदक्षिणपन्थी अतिवादमा फस्यौं भने हामी काँग्रेस रहँदैनौं। शान्ति प्रक्रिया र संविधान निर्माण गर्ने क्रममा हामी हाम्रो सिद्धान्त र आदर्श विपरित बामपन्थी भाषमा ढल्कँदै गएको कारणले नेपाली जनता वा मतदाताले काँग्रेसलाई नरूचाएका पो हुन कि ?’, उनले प्रश्न गरेका छन्।

तत्कालिन पार्टी सभापतिले प्रधानमन्त्री पदबाट राजिनामा दिइसके पछि पार्टीले प्रधानमन्त्री पदमा जित्ने कुनै आधार नहुँदानहुँदै कुन् राजनीतिक एवम् नैतिकताको धरातलबाट सुशील कोइरालाजीलाई पुनः प्रधानमन्त्री पदमा प्रतिश्पर्धा गराइयो ? भन्दै सिंहले प्रश्न गरेका छन्।  संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर जनतामा हाईहाई भएका तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र नेपाली काँग्रेस, कोइरालाले प्रधानमन्त्री पदमा पुनः प्रतिस्पर्धा गरे पछि प्राप्त त्यो लोकप्रियता कम्युनिष्ट सत्तामा आए पछि शेयर बजार ओरालो लागे जस्तै त्यो घटनाले नेपाली काँग्रेसको लोकप्रियता घटाएको उनले बताएका छन्।

प्रकाशित: ९ चैत्र २०७४ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App