६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बस्दै

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज बस्दै छ। अहिले बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने छ भने दलको बैठक ९ बजे बस्ने छ। बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ।

संसदमा सिर्जना भएको घटनाक्रम र सरकारले आफ्नो मागबारे कुनै चासो नदिएको लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

सोमवार बसेको पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरेसम्म संसदमा अवरोध कायमै राख्ने निर्णय गरेको हो।

कांग्रेस नेता डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा सरकारले माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताए।

सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग कांग्रेसले निरन्तर राख्दै आएको छ। तर, सरकारले आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेपनि विपक्षीको मागबारे कुनै चासो नदिँदा आजको संसदमा कांग्रेसले के गर्ने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ।

प्रकाशित: १ जेष्ठ २०८१ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App