१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपेन्द्र यादवले रौतहटमा सुनाए सरकारमा नजानुको कारण

फाइल तस्बिर

रौतहट – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनपछि सरकारमा सहभागी हुने बताएका छन्। रौतहटको देवाही गोनाही नगरपालिका ७ मा महाविष्णु यज्ञ उदघाटन गर्दै नेता यादवले संविधान संशोधनले मधेसको समस्या समाधान र अधिकार प्राप्त भएपछि मात्र सरकारमा सहभागी हुने बताएका छन्।

राजनीतिक अधिकार प्राप्त नहँुदा सरकारमा जानुको औचित्य नै नहुने बताउँदै नेता यादवले वर्तमान सरकारले मधेस र मधेसीको अधिकार सुनिश्चित गर्छ भने सरकारमा जान सकिने बताए। मधेसी, आदिबासी, जनजाति तथा पिछडिएका वर्गको हिमाली र पहाडीको अधिकार प्राप्त सुनिश्चित हुने आधार नहुँदासम्म सरकारमा नजाने आफूहरुको अडान रहेको नेता यादवले स्पष्ट पारेका छन्।

नेता यादवले फोरमको अग्रसरतामा देशमा संघीयता आएको र संघीयता कार्यान्वयनमा आइसकेपछि अब समृद्धिको बाटोतर्फको यात्रा तय गर्नुपर्नेमा जोड दिए। स्थानीय तहले इमानदारीपूर्वक काम गरेमा समृद्धि प्राप्त हुने स्पष्ट पार्दै अधिकारको मात्र कुरा गरेर नहुने तर प्राप्त अधिकारलाई अझ बलियो बनाउँदै कर्तव्यको पालन गर्नुपर्ने समेत बताए। प्राप्त अधिकारको संरक्षण र उपयोग गर्दै थप अधिकार प्राप्तिको लागि प्रयास गर्ने आफूहरुको नीति अनुरुप पार्टी संचालन भएको यादवको भनाई छ। 

सो अवसरमा नेता यादवले नेपाली काँग्रेसका युवा कार्यकर्ता पंकजकुमार जयसवाललाई पार्टी प्रवेश गराएका थिए।

कार्यक्रममा प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउँदै प्रदेशको कृषिलाई विद्युतीय सिँचाइ उपलब्ध गराउने बताए। मधेसको समृद्धिको आधार नै कृषि भएको र कृषिको व्यावसायीकरणको लागि प्रदेश सरकारले काम गर्ने उनको भनाई छ।

प्रकाशित: ८ चैत्र २०७४ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App