२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रेशम चौधरीले निर्वाचन आयोग र नाउपा अध्यक्षविरुद्ध दिएको मुद्दामा आज पेशी

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा सुनुवाइको लागि आज पेशी तोकिएको छ।

यस अघि अन्तरिम आदेश छलफलको लागि चैत्र ३० गतेको लागि पेशी तोकिएको थियो। तर, उक्त दिन बहस हुन सकेन। आज पनि बहस हुने वा नहुने भन्ने विषय भने अनिश्चित रहेको छ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता नदिएपछि उनी अदालत पुगेका हुन्।

‘अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जीता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने,’ आयोगको निर्णयमा भनिएको छ।

निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भन्दै गत पुस २७ मा रिट दायर गरेका थिए।

प्रकाशित: ९ वैशाख २०८१ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App