१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले कालिकोट अधिवेशन : आज चुनाव हुँदै

एमाले कालिकोटको अधिवेशनको चुनाव आज हुने भएको छ। नेकपा एमाले कालिकोटको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि १३ जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा दुईजनासहित १३ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष पदमा दयाराम सिम्खडा र तुलाराज मल्लले उम्मेदवारी दर्ता गरेका छन्। उपाध्यक्ष पदकालागि टेकबहादुर बुढा र कमलकुमार शाहले उम्मेदवारी दिएका छन्।

त्यस्तै, एकजना सचिव पदका लागि  पुस्पराज आचार्य र खडानन्द चौलागाईले उम्मेदवारी दिएको निर्वाचन अधिकृत पदमबहादुर शाहीले जानकारी दिए।

दुईजना उपसचिव पदका लागि खुला र महिलातर्फ गरी पवित्रकुमार शाही भवानी आचार्य, खड्क सिंह, तारा शाही, सुभद्रा सिंह, प्रेम बुढा, लंक बम गरी सात जनाको उम्मेदवारी परेको छ।

एमालेको जिल्ला कमिटी पाँच पदाधिकारीसहित एक सय ३५ सदस्यीय हुने छ, जसमध्ये अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित एक सय २५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ। बाँकी दशजनालाई मनोनीत गरिने बताइएको छ।

मतदान ९ बजे सुरु हुँदै

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको हुँदा निर्वाचन तालिकाभन्दा केही ढिलाइ भएको एमाले निर्वाचन समितिले जनाएको छ। अन्तिम नामवली प्रकाशित भइसकेको हुँदा शनिबार बिहान ९ बजेदेखि मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत शाहीले बताए। अधिवेशनमा ९ पालिकाबाट ४ सय ३० जना प्रतिनिधि मतदाता रहेका छन्।

नेताहरूले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाए पनि भित्रभित्रै आफ्नो गुटका पक्षमा लबिङ गरेकाले मतदानबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो।

अधिवेशन उद्घाटन सत्रमा बोल्दै एमालेका कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलसहितका नेताहरूले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशन स्थलमा सहभागी नेता–कार्यकर्ताले प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २४ चैत्र २०८० ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App