खेल
राजनीति
तस्बिरमा हेर्नुहोस् राष्ट्रपति निर्वाचन (फोटो फिचर)
काठमाडौँ- राष्ट्रपति पदका लागि संसद भवन बानेश्वरमा मतदान भएको छ। पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले १० बजे गरेका थिए। संसद् भवनको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। मतदानको समय अपराह्न ३ बजेसम्मका लागि तोकिएको छ।
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन्।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता हुन्।
तस्बिरहरु: केशव थोकर, नागरिक/रत्न श्रेष्ठ, रासस
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%