१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएन: डा. कोइराला

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता नदिएको बताएका छन्। 
 
आइतबार मोरङको बुढीगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै डाक्टर कोइरालाले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता नदिएको बताएका हुन्। खेलकुद क्षेत्रका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउनु पर्नेमा डाक्टर कोइरालाले जोड दिए।  
 
खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै, डाक्टर कोइरालाले भने, ‘नेताहरूको नजरमा कहिले पनि खेलकुद क्षेत्र पर्न सकेन। यस वर्षको बजेटमा समेत खेलकुदले राम्रो स्थान पाउन सकेको पाइँदैन । यस पटक बजेटमा खेलकुदमा बजेट नै छैन भने पनि हुन्छ। सरकारले खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्छु भने पनि रकम अभाव देखाउँदै दिन गाह्रो देखिएको थियो।’
 
यस विषयमा खेलकुदमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताउँदै, डाक्टर कोइरालाले भने, ‘सरकारले खेलकुद क्षेत्रलाई विशेष रूपमा लिन जरुरी रहेको छ। किनभने खेलकुदले स्वस्थ्यमात्र नभई अनुशासित र असल समाज निर्माण गर्न सक्छ। त्यसका लागि विद्यालय स्तरबाटै खेल र शिक्षालाई सँगै लैजान जरुरी हुन्छ। खेल र खेलाडीको उत्पादन र प्रोत्साहनका लागि चाहिने बजेट सरकारले दिन सक्नुपर्छ।’ 

प्रकाशित: २१ माघ २०८० १९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App