५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनले कांग्रेसको विचार स्खलित भयो: डा. संग्रौला

नेपाली कांग्रेसकी  केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्। गठबन्धनका नाममा विना सिद्धान्त र राजनीतिक एजेन्डासँग घाँटी जोड्दा कांग्रेसको विचार स्खलित भएको बताएकी हुन्।
चुनावअघिको गठबन्धन गर्नु उचित नहुने भन्दै डा. संग्रौलाले आगामी दिनमा यस्ता गल्ती नगर्न आग्रहसमेत गरेकी छन्। नेपाली कांग्रेस विचार, सिद्धान्त र नीतिमा चल्ने पार्टी भएकाले प्रि–इलेक्सन अलायन्सले कांग्रेसलाई घाटा पुर्‍याएको उनले बाताइन्।
नेपाल प्रेस युनियन शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेत्री संग्रौलाले निर्वाचनअगाडि गठबन्धन गर्दा कार्यकर्ताको विचारमा विचलन आएकाले २०८४ सालको निर्वाचनमा गठबन्धन नगर्ने बताइन्।
निर्वाचनपछि आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने भए पनि निर्वाचनपूर्वको गठबन्धनले पार्टीलाई वैचारिक मतभेदको दिशामा धकेलेको उनको भनाइ छ। ‘केन्द्रीय समितिका धेरैले निर्वाचनअघि गठबन्धन गर्न‘ हुन्न भन्ने महसुस गर्नुभएको छ’, उनले भनिन्, ‘विचारमा विचलन आएको छ, यसले पार्टीलाई घाटा हुन्छ।’ 
सरकारे जनचाहनाअनुसार काम गर्न चुकिरहेको उनले बताइन्। संघीय सरकारको कामप्रति आफू सन्तुष्ट नभएको भन्दै उनले जनभावनाअनुसार सरकारलाई काम गर्न आग्रहसमेत गरिन्।

प्रकाशित: १९ माघ २०८० ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App