१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कहाँ पुग्यो एमाले–माओवादी एकता ?

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी एकता संयोजन समितिलाई सुझाव दिएको छ। 

केन्द्रका नेता रामबहादुर थापा बादल संयोजक रहेको सो कार्यदलको शुक्रबारको बैठकले अन्तरिम विधानको मस्यौदामाथि दफाबार छलफल शुरु भएको र त्यसका लागि थप समय लाग्ने ठानिएको कार्यदलका सदस्य केन्द्रका नेता गिरिराजमणि पोखरेलले जानकारी दिए। 

अब दैनिकजसो बैठक गरेर सबै विषयको टुंगो लगाइने उनले बताए। यही फागुन १० गतेको एकता संयोजन समितिको बैठकले १५ दिनभित्र अन्तरिम विधान र दुई पार्टीको संगठन एकताबारे खाका तयार गर्न कार्यदल गठन गरेको थियो। 

सोही बैठकले वैचारिक विषय मिलाउन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदलले पनि आगामी चैत ५ गतेसम्ममा प्रतिवेदन तयार गर्ने तयारी गरेको छ। 

दुई दलबीच यही फागुन ७ को एकता संयोजन समितिले तय गरेको सात बुँदे एकताका प्रारम्भिक आधारमा केन्द्रित भई संगठन र वैचारिक विषय मिलाउन खोजिएको हो। यी विषय मिलेपछि चैतभित्र एकता गर्ने तयारी छ। रासस

प्रकाशित: २५ फाल्गुन २०७४ १६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App