१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘प्रदेश २ को सरकारमा वाम गठबन्धन सहभागी हुने’

रौतहट – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश नम्बर २ को सरकारमा वाम गठबन्धन सहभागी हुने बताएका छन्। सहरी विकास मन्त्रालयको सघन शहरी विकास कार्यक्रमअन्तर्गत रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुनवामा निर्मित ५२ किलोमिटर पक्की सडकको शिलान्यास गर्दै नेता नेपालले संघीय फोरम चाडै संघीय सरकारमा जाने र त्यसपछि वाम गठबन्धन फोरम नेतृत्वको प्रदेश २ को सरकारमा सहभागी हुने स्पष्ट पारे।

नेता नेपालले वाम गठबन्धनले सबै पक्षलाई मिलाएर पाँच बार्षका लागि स्थिर सरकार बनाउन चाहेको जानकारी दिँदै राष्ट्रपति र सभामुखको निर्वाचनपछि सरकारले पूर्णता पाउने बताए। ‘संघिय फोरमलाई सरकारमा सहभागी गराउँदै बाम गठबन्धनले विकास निर्माणलाई तिव्रता दिनेछ’, नेपालले भने ‘अब भ्रष्टाचार गर्नेका दिन गए।’ 

यस्तै नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले रौतहटको विकासको लागि सडक संजालले निकै ठूलो सहयोग पुर्याउने बताए। उनले रौतहटबाट सीमावर्ती भारत जोडने अन्तर्राष्ट्रिय नाकाको विकासका लागि पनि वर्तमान सरकारले पहल अगाडी बढाएको दाबी गरे। 

प्रकाशित: २५ फाल्गुन २०७४ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App