३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ३ बजेका लागि बोलाइएको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

महामन्त्री ढकालका अनुसार आजको बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ।

साथै, आर्थिक तथा प्रशासनिक नियमावली, विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचारसंहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, विभाग तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न ऐनको संशोधन प्रस्ताव लगायतका विषयमा पनि छलफल हुनेछ।

प्रकाशित: ३ माघ २०८० ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App