१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तीन दलको समानुपातिक सूचीमा त्रुटी, सच्याउन दुई दिनको समय

काठमाडौं – निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ। 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले त्रुटी गर्ने दललाई सच्याउन दुई दिनको समय दिने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। 

आयोगले बन्दसूचीका उम्मेदवारमध्ये निर्वाचित गर्न नाम सिफारिश गरेका तर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले आयोगले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गरेको छ।

प्रकाशित: २९ माघ २०७४ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App