काठमाडौ– भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार भेटवार्ता गरेका छन् ।
होटल सोल्टीमा भएको ‘वन अन वन’ भेटवार्तामा फोरम नेपालले चुनावमा पाएको सफलताका लागि स्वराजले यादवलाई बधाई दिएको भारतीय विदेश मन्त्रालयलका प्रवक्ता रभिसकुमारले ट्वीटरमा उल्लेख गरेका छन् ।
उनीहरुबीच भारत र नेपालको द्विपक्षीय सम्बन्धलाई मजुबुद बनाउने एवं जनता जनताबीचको सम्पर्क बढाउन कुराकानी केन्द्रीत रहेको पनि रभिसकुमारले उल्लेख गरेका छन् ।
प्रकाशित: १९ माघ २०७४ ०६:४३ शुक्रबार