५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

उपमेयर रेनु भन्छिन्:‘बेथितीविरुद्ध आवाज उठाउँदा गाडी जलाइदिए’

महोत्तरी गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोले राम्रो कामको पक्षमा आवाज उठाउँदा आफ्नो गाडीमा आगजनी गरिएको गुनासो गरेकी छिन्।

समाजमा हुने बेथितीविरुद्ध चर्को आवाज उठाउँदै आएको बताएकी महतोले ‘कसैको’ योजनामा आगजनी गरिएको अनुमान गरेकी छिन्।

‘म सधैँ बेथिती र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएकी छु,’ उनले भनिन्, ‘पालिकमा रहेका कतिपय जनप्रतिनिधिलाई त्यो मन नपरेको हुन सक्छ।’ आफ्नो आवाजलाई धम्काएर दबाउन खोजिएको भन्दै उनी चुप लागेर नबस्ने बताउँछिन्।

उप–मेयर महतोको गाडीमा आइतबार बिहानै साढे दुई बजे आगजनी भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ।  

महोत्तरीका डिएसपी तथा सूचना अधिकारी दिलीपकुमार गिरीकाअनुसार गौशाला नगरपालिका वार्ड नम्बर १ रामनगरस्थित घर अगाडी पार्किङ गरेर राखेको गाडीमा आगजनी गरिएको छ।  प्रहरीले घटनास्थल पुगेर सबै जानकारी लिइसकेको छ ।  

प्रहरीका अनुसार उनको प्रदेश २, ००२–००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको हो। गाडीको पछाडिको भाग जलेको प्रहरीले जानकारी दिएको छ।

आगजनी गर्ने व्यक्तिहरूको खोजी भइरहेको डिएसपी गिरीले जानकारी दिए।प्रहरीका अनुसार उनको प्रदेश २, ००२–००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको हो। गाडीको पछाडिको भाग जलेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ८ पुस २०८० ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App