४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुस्प्रचारबाट भ्रमित नहुन प्रधानमन्त्री सचिवालयको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुटा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। 

केही दिनअघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकोमा सचिवालयले आपत्ति जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिएका छन्। 

यसै विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट झुटा प्रचार भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यस प्रकारका दुस्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरे।

कानुनविपरीत एनसेलको सेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागिपरेको सरकारविरुद्ध झुटा प्रचारवाजीमा उत्रिएको भन्दै सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे। –रासस

प्रकाशित: २३ मंसिर २०८० १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App