१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँड्यो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको बताएका छन‍्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको बताएका हुन्।

उनले लेखेका छन्, 'टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत 'अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।'

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय लिएको छ।

प्रकाशित: २७ कार्तिक २०८० ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App