१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाल मेडिकल शिक्षाको हब बन्छः ओली

एमाले अध्यक्ष ओली

ललितपुर– एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई मेडिकल शिक्षाको हब बनाउनु पर्ने बताएका छन्। ललितपुर नक्खुस्थित डा. उपेन्द्र महतोको मेडिसिटी अस्पतालको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अाइतबार उनले यस्तो बताएका हुन्।

सो अस्पताल सञ्चालक महतोले आश्विनी मेडिकल कलेज दर्ता गरेर मेडिकल कलेज सञ्चालनको तयारी गरिरहेका बेला अध्यक्ष ओली अतिथि बनेर अस्पतालको कार्यक्रममा सहभागी भएका हुन्।

'नेपाललाई अब मेडिकल शिक्षाको हब बनाउनु पर्छ', अध्यक्ष ओलीले भने, 'उपचारका लागि कोही मान्छे विदेश जानु नपरोस्। स्वदेशमै उपचार होस्।' यसअघि चुनाबी अभियानका क्रममा झापा पुगेका ओलीले अाफ्नो पार्टीको सरकार बनेपछि झापाको बी एन्ड सी मेडिकल कलेजलाई पनि सम्बन्धन दिने आश्वसन दिएका थिए। 

महतोले नेपाललाई विकास गर्ने चार आधारमध्ये एउटा मेडिकल शिक्षा पनि रहेको उल्लेख गरे।

मेडिकल शिक्षा माफियाको हातमा पुगेर विकृत बनेको भन्दै डा.गोविन्द केसीले त्यसमा सुधार लागि संघर्ष गर्दै आएका छन्। चिकित्सा शिक्षा ऐन ल्याएर मेडिकल शिक्षा व्यवस्थित गर्नुपर्ने उनको मागअनुसार यसअघि देउवा सरकारले अध्यादेश ल्याएको थियो। 

प्रकाशित: २४ मंसिर २०७४ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App