१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा अग्नि सापकोटा र शेरबहादुर तामाङ विजयी

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका दुईवटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा बिजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई हराए ।

    १० हजार ७ सय १० मतान्तरसहित सापकोटा निर्वाचित भएका हुन् । उनले ४० हजार ५ सय ४ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्दी बस्नेतले २९ हजार ७ सय ९८ मत पाए । कांग्रेस केन्द्रीय रहेका बस्नेत सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री हुन् भने माओवादी स्थायी समिति सदस्य सापकोटा पनि पूर्वसूचना तथा सञ्चारमन्त्री हुन् ।

    निर्वाचन क्षेत्र नं २ मा बाम गठबन्धनकै एमाले उम्मेदवार शेरबहादुर तामाङ बिजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणालाई हराए । तामाङ ३८ हजार ४ सय १ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्दी राणाले ३० हजार ३ सय २९ मत पाए । ८ हजार ३८ मतान्तरसहित तामाङ निर्वाचित भएका हुन् ।

 

प्रकाशित: २३ मंसिर २०७४ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App