१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अर्घाखाँचीको मधुरा नन्दराम मावि मतदानस्थलको 'ख' केन्द्रमा पुन मतदान हुने

अर्घाखाँची- सन्धिखर्क नगरपालिका वडा नं. ५  मा रहेको  मथुरा नन्दराम मावि  मतदान स्थलको ख नं. मतदान केन्द्रमा पुन मतदान हुने भएको छ। निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गर्न लगाएपछि कांग्रेस कार्यकर्ताले मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालेका थिए। मतपत्र जलाएपछि सो मतदान स्थल दिनभर तनावग्रस्त बनेको थियो।  

मतदान केन्द्र ख मा तनाव भएपछि मतदान केन्द्र क को मतदान पनि स्थगित गरिएको छ। यि दुइ केन्द्रमा गरि २ हजार ४४ मतदाता रहेका थिए  करिव ५० प्रतिशत मतदान भएपछि  विवाद उत्पन्न भएको थियो। ख मतदान केन्द्रमा पुन मतदान हुने भएको छ भने क मतदान केन्द्रमा बाँकी रहेका मतदाताले मतदान गर्ने भएका छन्। नेपाली कांग्रेसका नेता कार्यकर्ताले निर्वाचन अधिकृत सुरेन्द्र राज अधिकारीले नियोजित ढंगले मतपत्रमा हस्ताक्षर नगरि बाडेको आरोप लगाएका छन्।  मतदान अधिकृत अधिकारीले भुलवस हस्ताक्षर नगरेका मत पत्र वितरण गरिएको बताएका छन् । मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले निर्वाचन आयोगमा राय सहितको प्रतिवेदन पठाएको  बताउँदै निर्वाचन आयोगले मिति तोकेको निर्वाचन  गराउने  बताए।

अर्घाखाँचीमा  ९३ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र तोकिएको  थियो । अन्य निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ। अर्घाखाँचीमा ६० प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख केदारनाथ शर्माले जानकारी दिए। जिल्लामा  कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेका  थिए। निर्वाचनमा महिला मतदताको संख्या धेरै रहेको थियो। कुल मतदता मध्ये ७१ हजार ३ सय ५० महिला र ६६ हजार ९ सय ७८ पुरुष मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नं. १ मा ६५ हजार २ सय ६ र   निर्वाचन क्षेत्र नं. २ मा  ७३ हजार १ सय २२ मतदाता थिए।   निर्वाचनमा  सुरक्षाकर्मी बाहेक  १ हजार ३ सय ९२  कर्मचारी परिचालन गरिएको थियो।   

प्रकाशित: २१ मंसिर २०७४ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App