१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ढुक्क भएर निर्वाचनमा सहभागी हुनुहोस : रक्षामन्त्री

काठमाडौँ –  रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गरेका छन्। 

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन आग्रह गरे। “पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छन्”, उनले भने। 

रक्षामन्त्री प्रधानले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ६४ हजार नेपाली सेना परिचालन गरिएको जानकारी दिँदै सेनालाई गोली चलाउने अधिकारसमेत प्रदान गरिएकाले उच्छृंखल कार्यमा सहभागी नहुन सबैलाई आग्रह गरे। 

साक्षात्कारमा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थापनमा कडाइ गर्न सरकारसँग आग्रह गरे। 

नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले विकासप्रेमी नेतालाई मतदान गर्न अनुरोध गरे। नेपाल सरकारका पूर्वसचिव दिवाकर पन्तले संविधान कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण निर्वाचन भएकाले उत्साहपूर्ण रुपमा आफ्नो मताधिकार प्रदान गर्न सबैसँग अनुरोध गरे।

प्रकाशित: २० मंसिर २०७४ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App