१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाली राजदूत सुन्दास र बहराइनका श्रममन्त्री हमाइदान बीच भेटवार्ता

काठमाडौँ – बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग उनकै ‘वेस्ट टावर’ स्थित कार्यकक्षमा भेटवार्ता गरेका छन्। 

उक्त अवसरमा मन्त्री हमाइदानले बहराइने श्रम तथा सामाजिक विकासको सम्बन्धमा लिएको नीति तथा अभ्यासमाथि प्रकाश पारेको मनामास्थित नेपाली दूतावासले जनाएको छ। 

सोमबार भएको भेटका क्रममा मन्त्री हमाइदानले बहराइन ‘गल्फ अरवियन’ राष्ट्रहरूमा कुनै पनि विभेद अन्त्य गर्ने मामिलामा नमूना राष्ट्रका रूपमा स्थापित हुने प्रयासमा रहेको जानकारी दिए। बहराइनले प्रत्येक व्यक्तिले सम्मानजनक व्यवहार पाउनुपर्छ भन्ने प्रत्याभूति गर्न चाहिरहेको उनको भनाइ छ। त्यसैगरी उनले बहराइन श्रम अधिकारको संरक्षण गर्न पनि प्रतिबद्ध रहेको जानकारी दिए। 

राजदूत सुन्दासले बहराइनले त्यहाँ रहेका नेपाली नागरिकप्रति देखाएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै दुई राष्ट्रबीच सन् २००८ मा श्रमसम्बन्धी भएको सहमति पत्रलाई अद्यावधिक तथा समयानुकूल संशोधन गर्न प्रस्ताव गरे। 

राजदूत सुन्दासले दुई देशबीच श्रमसम्बन्धी संयुक्त प्राविधिक समिति गठनका लागिसमेत प्रस्ताव गरे। सोही अवसरमा दूतावासका उपप्रमुख खगराज पाण्डेय र श्रम सहचारी जगदीशचन्द्र शिवाकोटीको पनि उपस्थिति रहेको थियो। 

प्रकाशित: २० मंसिर २०७४ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App