१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रेग्मीलाई विद्यावारिधिको उपाधि प्रदान

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित अन्तर्राष्ट्रिय अमेरिकन विश्वविद्यालयले व्यवस्थापन प्रशासन विषयको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ। 

सामाजिक क्षेत्रको सुधार र व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरी नेपाली समाजलाई योगदान गरेको उल्लेख गर्दै अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस शहरमा यही मंसिर १० गते सो विश्वविद्यालयले आयोजना गरेको विशेष समारोहमा उक्त उपाधि प्रदान गरेको हो। 

विश्वमा मानवता, नैतिकता र सदाचारको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यका साथ शैक्षिक सेवा प्रवाह गर्दै आएको सो विश्वविद्यालयको व्यवस्थापन संकायको सिफारिसमा रेग्मीलाई नेपाली समाजमा गरेको विशिष्ठ योगदान र सेवाको कदर गर्दै उक्त उपाधि प्रदान गरेको विश्वविद्यालयले जनाएको छ। 

मानार्थ विद्यावारिधिको उपाधि ग्रहणपछि उनले विश्वमा नैतिकता, सदाचार र मानवतावादको दर्शनको महत्व सधैं रहने र असल शिक्षाबाट नै समाजको रुपान्तरण गर्न विश्वका विकसित देशहरु सफल भएकाले शिक्षामा लगानी गर्न विशेष जोड दिनुपर्ने विचार व्यक्त गरेको प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताए। 

पाण्डेयका अनुसार सम्बोधनकै क्रममा उनले नेपालको विशिष्ठ राजनीतिक परिस्थितिमा २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचन गराउन गठित सरकारको नेतृत्व गर्दाको चुनौतीपूर्ण घडीमा आफूले गरेको कार्यको अनुुभव समेत सुनाएका थिए। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी आज स्वदेश फिर्ता भएका थिए।

प्रकाशित: १४ मंसिर २०७४ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App