१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

शरत सिंह भण्डारीको घर नजिक बम विष्फोट

महोत्तरी– राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारीको औरही २ स्थित घर नजिक अज्ञात समूहले प्रेसरकुकर बम विष्फोट गराएको छ ।
आइतबार बिहान २ बजेको समयमा ठूलो आवाजका साथ राजपा नेता भण्डारीको घरभन्दा डेढ सय मिटर नजिक रहेको पोखरीको डिलमा बम विष्फोट गराइएको हो ।
विष्फोटबाट कुनै पनि प्रकार मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताएको छ ।
घटना स्थलबाट विष्फोटनमा प्रयोग गरिएको एलमुनियमको टुक्राहरु बरामद भएको एसपी कडयातले बताएको छ ।
घटना भएलगतै औरही नगरपालिका क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा अवस्था कडा पारिएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुन ११ दिन मात्र बाँकि रहेको अवस्थामा महोत्तरीमा विष्फोटनको यो पहिलो घटना भएको हो ।
उक्त बम विष्फोट सर्वसाधारणलाई तर्साउन उद्देश्यले गराइएको हुन सक्ने प्रहरीको अनुमान  छ ।
यस अघि विष्फोटनको घटना महोत्तरीमा नभएको र यो पहिलो घटना भएकोले सुरक्षा व्यवस्थालाई थप सुक्ष्म तरिकाले अध्ययन गरि निर्वाचन लक्षित सुरक्षा व्यवस्थाको रननिति तयार गरिने एसपी कडायतले बताएको छ ।

प्रकाशित: १० मंसिर २०७४ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App