१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रसुवामा निषेधित क्षेत्र घोषणा

रसुवा—जिल्लाका मुख्य राजनीतिक शक्ति लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनले एकै ठाउँ र समयमा कार्यक्रम राखेपछि जिल्ला प्रशासन कार्यालयले राम्चे क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि दुवै पक्षले आज मध्यान्ह १२ देखि राति १० बजेसम्म कार्यक्रम गर्ने तयारी गरेका थिए। प्रशासनले फरक फरक स्थानमा आमसभा गर्न आग्रह गरे पनि दुवै पक्ष पछि नहटेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो।

प्रमुख जिल्ला अधिकार चोमेन्द्र न्यौपानेले राम्चे क्षेत्रमा आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म निर्वाचन गतिविधि सञ्चालन गर्न रोक लगाइएको नागरिकन्युजलाई बताए।

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम सभा जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए।
 

प्रकाशित: ७ मंसिर २०७४ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App