१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टीले निर्णय गरे सरकारमा एक मिनेट बस्दैनौ: उपप्रधानमन्त्री महरा

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पार्टीले फिर्ता बोलाए सरकारमा एक मिनेट नवस्ने बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारलाई दिएको समर्थन कायमै रहेको बताए।

माओवादी केन्द्रले सरकार छोड्ने तयारी गरिरहेकै बेला महराले पत्रकार सम्मेलन गरेका हुन्। सरकारबाट बाहिरिने कुनै निर्णय नभएको बताउँदै उनले पार्टी र सरकारको ध्यान प्रदेश र प्रतिनिधि सभा निर्वाचन सफल बनाउने तर्फ रहेको बताए।

मंगलबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको थियो। भेट पछि माओवादीले सरकारबाट बाहिरिने चर्चा भएको थियो।

प्रधानमन्त्रीले कार्यविभाजन हेरफेर गर्ने के गर्नुहुन्छ भन्ने प्रश्नमा महराले हेरफेर भयो भने मात्र त्यसबारे निर्णय लिने बताए। महराले सरकारमा माओवादीको तर्फबाट नेतृत्व गरिरहेका छन्।  

प्रकाशित: ३१ आश्विन २०७४ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App