४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विवेकशीलले दोलखामा शिवाकोटीलार्इ उठाउने

 दोलखा – विवेकशील साझा पार्टीले दोलखा जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ३२ वर्षीय विजय बाबु शिवाकोटीलाई उम्मेदवार चयन गरेको छ । 

प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभा सदस्यका रुपमा प्रत्यक्षबाट पार्टीबाट विजयबाबुलाई उठाउने निर्णय गरिएको विवेकशील साझा पार्टीले जनाएको छ। 

राजनीतिक नेतृत्वको नियत नै सही नभएकोले समग्र देशलाई नै समृद्धिको बाटोमा लैजान र दोलखा जिल्लामा सक्षम नेतृत्व स्थापनाका लागी आफ्नो उम्मेदवारी भएको शिवाकोटीले बताएका छन्। 

विभिन्न नागरिक दबाब समूहमा सक्रिय रहेको अभियान पछिल्लो पटक डाक्टर गोविन्द केसीको अभियानमा समेत शुरु देखी सक्रिय पूर्वक भाग लिएका थिए । शिवाकोटी जिल्लाको भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका हुन्।  

दोलखामा प्रंदेश सभा सदस्य पदमा समेत उम्मेदवारी दिने तयारी विवेकशीलले गरिरहेको छ। 

प्रकाशित: २९ आश्विन २०७४ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App