१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोल्हवीमा एमालेका भण्डारी विजयी

बारा- कोहल्बी नगरपालिका प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

नगर प्रमुखमा एमालेका भरतबहादुर भण्डारी र उपप्रमुखमा सनैना थरुनी विजयी भएको कोल्हवी नगरपालिका निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमुख पदमा भण्डारीले ७४०१ सहित विजयी भए भने उपप्रमुखमा थरुनील ७३२२ मत ल्याई विजयी भएका छन्।

जिल्लाको उत्तरी र पूर्वी भागमा पर्ने कोल्हवी नगरपालिका क्षेत्रमा पहाडी र थारु समुदायको बसोबास रहेको छ।

कम्युनिष्टहरुको पहिला देखि नै यस क्षेत्रमा राम्रो पकड रहेको मानिन्छ ।

प्रमुखमा भण्डारीको निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुरलीधरप्रसाद चौधरीले ७२०५ मत मात्र ल्याउन सपल भए। भने उपप्रमुखमा कांग्रेसकी सुभद्रा धिमालले ६७१२ मत ल्याइन्।

प्रकाशित: ९ आश्विन २०७४ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App