१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

औरही गाउँपालिकामा ६ मतले माओवादी उम्मेदवार विजयी

माओवादीबाट विजयी सिद्धार्थ यादब

लहान–सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार सिद्धार्थ यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार शिवजी यादवलाई ६ मतले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सिद्धार्थले २६ सय ५८ मत प्राप्त गरेका छन् भने उनको निकतम प्रतिस्पर्धी शिवजीले २६ सय ५२ मत ल्याएको निर्वाचन अधिकृत विनोद खतिवडाले बताए । यसैगरी उपाध्यक्षमा संघीय समाजवादी फोरमकी सिता कुमारीले माओवादी केन्द्रकी देवझरीदेवी यादवलाई २ सय ३३ मतअन्तरले पराजित गरेकी छिन् । सिताले २६ सय ३२ मत प्राप्त गरेकी छिन भने देवझरीले २४ सय ५९ मत ल्याएकि छिन् ।

औरही जितसँगै माओवादी केन्द्रले सिरहाको तिन स्थानीय तह जितेको छ । १७ स्थानीय तहमध्ये एक नगरपालिका (कर्जन्हा), अर्नामा गाउँपालिका र औरही गाउँपालिका सहित तिन तहमा माओवादी केन्द्र, विष्णुपुर गाउँपालिका र भगवानपुर गाउँपालिका सहित दुईमा संघीय समाजवादी फोरम, नवराजपुर गाउँपालिकामा कांग्रस जितेका छन् । 

कहाँ कुन पार्टीका को उम्मेदवार जिते ?
१) कर्जन्हा नगरपालिका
मेयर: गंगा पासवान (माओवादी केन्द्र)
उपमेयर: ज्ञानकुमारी श्रेष्ठ (माओवादी केन्द्र)

२) नवराजपुर गाउँपालिका
अध्यक्ष: विश्वमोहन यादब (नेपाली कांग्रेस)
उपाध्यक्ष: शोभा कुमारी यादब (नेपाली काँग्रेस)

३) विष्णुपुर गाउँपालिका
अध्यक्ष: जागेश्वर यादब (संघीय समाजवादी फोरम)
उपाध्यक्ष: अरहुलादेवी सिंह (संघीय समाजवादी फोरम)

४) अर्नमा गाउँपालिका
अध्यक्ष: ठकु महतो कोईरी (माओवादी केन्द्र)
उपाध्यक्ष: सियावती मुखिया (माओवादी केन्द्र)

५) भगवानपुर गाउँपालिका
अध्यक्ष: बेचन प्रसाद यादब (संघीय समाजवादी फोरम)
उपाध्यक्ष: सितादेवी यादब (संघीय समाजवादी फोरम)

प्रकाशित: ५ आश्विन २०७४ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App