१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम सिफारिस

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा नियुक्त गर्न वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। प्रधानमन्त्री कार्यालयले बुधबार वरिष्ठ अधिवक्ताको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको हो। ढिलोगरी सिफारिस पुगेकाले बिहीबार (आज) मात्र राष्ट्रपतिले महान्यायाधिवक्तामा भण्डारीलाई नियुक्त गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। 

२००२ साल पुसमा काठमाडौंमा जन्मेका वरिष्ठ अधिवक्ता भण्डारी २०३० सालदेखि अधिवक्ताका रूपमा कानुनी व्यवसायमा थालेका थिए। त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर उनी ४४ वर्षदेखि निरन्तर वकालत पेसामा छन्।  नेपाल बार एशोसिएसनमा उनी २०३३ सालमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

वरिष्ठ अधिवक्ता भण्डारी २०४८ सालतिर गुठी संस्थानसम्बन्धी छानबिन आयोगका अध्यक्ष भएर काम गरेका थिए।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयद्वारा २०५८ सालमा गठित पुनरावेदन आयोगका अध्यक्षका रूपमा तीन वर्ष काम गरेका थिए।  उनी सर्वोच्च अदालत बारमा २०३७ सालमा उपाध्यक्ष र २०४२ सालमा अध्यक्ष बनेर काम गरेका थिए।

प्रकाशित: १ भाद्र २०७४ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App