१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पन्ध्र दिनमा पाँच हजार नयाँ मतदाता थपिए

पाल्पा- पन्ध्र दिनमा पाल्पामा चार हजार सात सय तीन जना व्यक्तिहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। साउन १ गतेदेखी सुरु भएको फोटो सहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागीता देखिएको हो।

                स्थानीय तहको निर्वाचनमा भाग लिन नपाएपनि आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनेहरुको उत्साहजनक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी थमनबहादुर सारुले बताए । जिल्लामा आईतबार मात्रै २ सय ६६ जना पुरुष र २ सय ३४ महिला गरी ५ सय जनाले नाम दर्ता गराएका छन् । साउन १ देखी १५ गतेसम्म नाम दर्ता गराउनेमा २ हजार २ सय ३७ जना महिला र २ हजार ४ सय ६६ जना पुरुष रहेको कार्यालयले जनाएको छ ।

सोमबारदेखि भने हरेक गाउँपालिका र नगरपालिकाको कार्यालयमा नै नामावली दर्ता गरिने जिल्ला निर्वाचन अधिकारी धर्मा बेल्वासेले बताईन्।

प्रकाशित: १५ श्रावण २०७४ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App