१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस नेता सिटौलाको गृहनगर भद्रपुरमा एमालेको जित

झापा- कङ्ग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुर नगरपालिकामा प्रमुख, उपप्रमुख र बहुमत वडासहित एमालेले जितेको छ। एमालेका जीवनकुमार श्रेष्ठ प्रमुखमा र एमालेकै चन्द्रा श्रेष्ठ उप प्रमुखमा निर्वाचित भएका छन्।

प्रमुख पदका विजेता श्रेष्ठले ११ हजार ४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका गणेश पोख्रेलले ७ हजार २ सय १५ मत प्राप्त गरे। उप प्रमुख पदमा विजेता बनेकी चन्द्रा श्रेष्ठले १० हजार ६ सय ५० मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कङ्ग्रेसकै तारादेवी भुर्तेलले ६ हजार ४ सय ९८ मत प्राप्त गरेकी छन्।

यो नतिजापछि  दोस्रो चरणको स्थानीय निर्वाचनमा नेता सिटौलाले सबैभन्दा ठूलो क्षति ब्यहोरेका छन्। उनको निर्वाचन क्षेत्रमै पर्ने कचनकवल गाउँपालिकामा यसअघि नै राप्रपाले प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितिसकेको छ।

उम्मेदवारी चयनमा नेता सिटौलाले मनोमानी गरेको भन्दै भद्रपुर काङ्ग्रेसमा ठूलो असन्तोस थियो। यहाँ कङ्ग्रेसमा बागी उम्मेदवारीसमेत परेको थियो। तिब्र आन्तरिक विवाद बोकेर चुनावमा होमिएको कङ्ग्रेसले अन्ततः आफ्नो परम्परागत आधार क्षेत्र नै गुमाएको छ।

२०४९ मा भद्रपुरको मेयर जितेको एमालेले २०५४ मा नगरमा हारेको थियो। २५ वर्षपछि एमाले भद्रपुरमा शक्तिशाली उपस्थिति जनाउन सफल भएको छ। नगरका १० मध्ये ७ वडा पनि एमालेले जितेको छ। कङ्ग्रेसले २ र माओवादी केन्द्रले एउटा वडा जितेका छन्। नेता सिटौलाको निवास रहेको वडानम्बर १० मा एमालेको प्यानल नै विजेता भएको छ।

 

प्रकाशित: २२ असार २०७४ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App