१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय तहका लागि दुई पत्रकार चुनावी मैदानमा

खोटाङ – स्थानीय तहको निर्वाचनका लागि खोटाङका दुई पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ गाउँपालिका–५ छितापोखरीबाट पत्रकार अमृत गिरी र साकेला गाउँपालिका–३ खिदिमाबाट समराज राईले खुला सदस्यमा उम्मेदवारी दिएका हुन् । पत्रकारद्धय कांग्रेसकातर्फबाट वडा सदस्यको टिकट लिएर चुनावी मैदानमा उत्रिएका हुन् । 

वडाको खुला सदस्यका प्रत्यासी गिरी नेपाल पत्रकार महासंघ शाखाका प्रदेश पार्षद तथा प्रेस यूनियनका जिल्ला सचिव हुन् । वडा सदस्यका अर्का उम्मेदवार राई पत्रकार महासंघका साधारण सदस्य तथा प्रेस यूनियनका जिल्ला कोषाध्यक्ष हुन् । 

पत्रकारद्धय हाल आफ्नो जीत सुनिश्चितताका लागि चुनाव प्रचार–प्रसारमा व्यास्त बनेका छन् । निर्वाचनको मिति नजिकिएसँगै जिल्लाका दलहरुले दिनरात नभनी चुनावी घरदैलोलाई बाक्लो बनाइएका छन् । 

प्रकाशित: ९ असार २०७४ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App