४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवाको पार्टीगत काम कारबाहीप्रति शशांकको असन्तुष्टि

फाइल।

नेपाली काँग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अधिवेशनबाट नै सभापति बनाएको भन्दै कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको बताए।

उनले पार्टी सभापतिले पार्टीका काम कारबाही चित्त बुझ्दो नभएको टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको बताए।

उनले भने, ‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ? विरोध मैले नै गर्न थालेँ भने के हुन्छ, उहाँले आफ्नो कार्यकाल धेरै राम्रो गर्नुभएन भनेर जुन टीकाटिप्पणी आइरहेका छन्, गगन थापा लगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो।’

फरक प्रसङ्गमा नेता कोइरालाले प्रधानमन्त्रीसँग बहुमत भएकाले अपदस्थ नहुने उनको भनाइ थियो।

प्रकाशित: २५ असार २०८० १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App