काठमाडौं- काठमाडौं महानगरपालिकाको चुनावी मैदानमा उत्रिएका मेयरका उम्मेरदारले १ देखि ६४ हजार ९ सय १३ सम्म मत प्राप्त गरेका छन्।
चुनावी मैदानमा उत्रिएका २८ जनामध्ये स्वतन्त्र उम्मेदवार भगवान गिरीले एक मतमात्रै ल्याएका छन्। उनको चुनाव चिह्न सुटकेस थियो। त्यसैगरी सबैभन्दा बढी ६४ हजार ९ सय १३ मत ल्याएर नेकपा एमालेका विद्यासुन्दर शाक्य मेयरमा विजयी भए।
महानगरपालिकामा निर्वाचन आयोगमा दर्ता भएका दलबाट १० र स्वतन्त्रबाट १८ जना उम्मेदवार मेयरका लागि चुनावी मैदानमा थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल एक लाख ९७ हजार २ सय २७ मत खसेको थियो ।
निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार १७ जना उम्मेरदारले एक सयभन्दा कम मत ल्याएका छन् । कम मत ल्याउनेमा अधिकांश स्वतन्त्र उम्मेदवार छन् । पार्टीबाट उठेका केही उम्मेदवारले पनि आफ्नो पक्षमा सय मत पुर्याउन सकेनन् ।
कसले कति मत ल्याए:
विद्यासुन्दर शाक्य (एमाले): ६४,९१३ (विजयी)
राजुराज जोशी (कांग्रेस): ४५,२६९
रञ्जु दर्शना (विवेकशील नेपाली दल): २३,४३९
किशोर थापा (साझा पार्टी): १८,४९६
सर्वोत्तम दास डंगोल (माओवादी केन्द्र): ७,९०६
पवित्र वज्राचार्य (संघीयसमाजवादी–नयाँ शक्ति गठबन्धन): ६,०५०
कुलनारायण डंगोल (नेपाल मजदुर किसान पार्टी ): २६६
गोर्की प्र्रसाद श्रेष्ठ (स्वतन्त्र): १६४
उषाकुमार टिवरेवाला (माले): १४९
निर्मलकुमार थापा (राष्ट्रिय जनमोर्चा): १३१
शिवहरि रिजाल (फोरम लोकतान्त्रिक): ११८
बच्पनराज श्रेष्ठ (नेकपा संयुक्त): ६७
अमोत महर्जन (स्वतन्त्र): ४३
दिनेश शाही (स्वतन्त्र): ४२
सुशीला बेघा (स्वतन्त्र): ३६
लक्ष्मीप्रसाद भण्डारी (स्वतन्त्र): ३६
डवबहादुर पुन मगर (राष्ट्रिय जनशक्ति पार्टी): ३५
नवराज कार्की (स्वतन्त्र): २१
भरतबहादुर बिसुराल (स्वतन्त्र): १९
नेत्रबहादुर लिम्बू (स्वतन्त्र): १५
विदुरप्रसाद घिमिरे (चुरे भावर): १४
अनिलमान श्रेष्ठ (स्वतन्त्र): १३
ज्ञानु लामा (स्वतन्त्र): १३
पुरुषोत्तम दंगाल (स्वतन्त्र) १०
सुरेन्द्रप्रसाद ढकाल (स्वतन्त्र): ८
राधा बेलबासे (स्वतन्त्र): ६
विनोदकुमार क्षत्री (स्वतन्त्र): ५
भगवान गिरी (स्वतन्त्र): १
प्रकाशित: १५ जेष्ठ २०७४ ११:१५ सोमबार