१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ठूला दलहरुले उम्मेदवार टुङ्गाएसँगै चुनावी रौनक बढ्यो

अर्घाखाँची- आगामी जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस अर्घाखाँचीले सबै क्षेत्रमा उम्मेद्वार तय गरेको छ। सन्धिखर्क नगरपालिकाको मेयरमा कमलप्रसाद भुसाल छनोट भएका छन्।  भुसाल कांग्रेसका  निवर्तमान जिल्ला सभापति हुन ।  उपमेयरको टुङ्गो लागि सकेको छैन। सितगंगा नगरपालिकाको मेयरमा सुर्य अधिकारी उपमेयरमा मिना पौडेल, भुमिकास्थान नगरपालिकाको मेयरमा खडानन्द बेल्वासे, उपमेयरमा सिर्जना थापा चयन भएका छन् । अन्य ठाउँमा सर्वसम्मत रुपमा उम्मेद्वार छनोट गरिएपनि छत्रदेव गाउँपालिकाको अध्यक्ष चुनावी पक्रियाबाट  टुङ्गो लगाइएको हो।

 चार/चार मत पाएका लेखनाथ पोख्रेल र चन्द्रमान श्रेष्ठलाई चिठ्ठा थुताउँदा पोख्रेललाई चिठ्ठा परेको थियो । आठ जना क्षेत्रीय समिति सदस्यहरुले भोट हालेका थिए । छत्रदेवको उपाध्यक्ष तुल्सा श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । पाणिनि गाउँपालिकाको अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा  अम्बिका पोख्रेल छनोट भएका छन् । पोख्रेल कांग्रेस क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति हुन । मालारानी गाउँपालिकाको अध्यक्षमा विष्णु क्षेत्री  र उपाध्यक्षमा शान्ता खनाल रहेकी छिन् । एमाले र राष्ट्रिय जनमोर्चाले एक महिना अघि सबै पदका उम्मेद्वारहरुको टुङ्गो लगाएका थिए । कांग्रेसले चुनावको दिन आउन २१ दिन बाँकी रहँदा मात्रै उम्मेद्वारहरु छनोट गरि चुनावी प्रतिस्पर्धामा उतारेको छ। 

उम्मेदवारहरु अन्य पार्टीसँग प्रतिस्पर्धा गर्नका लागि प्रचार अभियानमा जुटिसकेका छन् । माओवादी केन्द्रले मालारानी गाउँपालिकामा करिव डेढ महिनाअघि नै उम्मेदवार तय गरेपनि अन्य ठाउँका उम्मेद्वाहरु छनोट गरेको थिएन । उसले  पनि हालै उम्मेद्वारहरु छनोट गरेको हो । माओवादी केन्द्रको तर्फबाट सन्धिखर्क नगरपालिकाको मयेर पदको उम्मेद्वारमा जिल्ला संयोजक ठाकुर कुमार विक ( किशोर )  र उपमेयरमा कमला भुसाल भण्डारीले प्रतिस्पर्धा गर्दैछन् । सितगंगा नगरपालिकामा  टिका रेस्मी उपमेयरमा  सिता अधिकारी र  भुमिकास्थान नगरपालिकामा रेशम थापा, उपमेयरमा छमकुमारी खनाल (चिनारी) चयन भएका छन् ।

 छत्रदेव गाउँपालिकाको अध्यक्षमा  प्रकाश ज्ञवालीले प्रतिस्पर्धा गर्दैछन् । पाणिनि गाउँपालिकाको अध्यक्षमा   जाकिर हुसेन र उपाध्यक्षमा   विमला घिमिरे छनोट भएका छन् । नयाँ शक्ति पार्टीले सन्धिखर्कको मेयरको उम्मेद्वारमा यमुना भुसाल उपमेयरमा टोपबहादुर बलाल, सितगंगा नगरपालिकाको मेयरमा यागेश्वर गिरी उपमेयरमा पेमी गुरुङ्ग र भुमिकास्थान नगरपालकाको मेयरमा प्रेम वञ्जाडेलाई अघि सारेको छ । भुमिकास्थानमा उपमेयरको टुङ्गो लागेको छैन । पाणिनि गाउँपालिकाको अध्यक्षमा माधव पोख्रेल उपाध्यक्षमा लिलावति पाण्डे घिमिरे, छत्रदेव गाउँपालिकाको अध्यक्षमा उज्जवल शाह र मालारानी गाउँपालिकाको अध्यक्षमा जिन्दक खड्का उपाध्यक्षमा उषा पुरी थापाले प्रतिस्पर्धा गर्दैछन् । एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेद्वारहरु करिव एक महिना अघि देखि नै चुनावी प्रचारमा जुटिरहेका छन् । सबै ठाउँमा उम्मेद्वाहरु छनोट गरि कांग्रेस, एमाले र माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका अन्य साना दलहरु समेत एकै पटक गाउँ छिरेपछि चुनावी रौनक ह्वात्तै बढेर गएको छ । उम्मेदवारहरु आफ्नो एजेण्डा लिएर मतदातासँग भोट माग्न व्यस्त देखिन्छन् । ढिला गरि उम्मेद्वार छनोट गरेको कांग्रेसका उम्मेद्वाहरु छटो समयलाई उपयोग गर्ने गरि अघि बढिरहेका छन्।

               

प्रकाशित: १० जेष्ठ २०७४ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App