१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खोटाङमा माओवादीले उठायो पूर्व सभासदलाई मेयर

खोटाङ– नेकपा माओबादी केन्द्र खोटाङले सदरमुकाम दिक्तेल रहेको रुपाकोट मझुवागढी नगरपालिकामा पूर्व सभासद दुर्गाजयन्ती राईलाई मेयरको टिकट दिएको छ। आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि माओबादी केन्द्रले पूर्वसभासद राईलाई मेयरमा उठाउने तयारी गरेको हो। माओवादी केन्द्रले आईतबार दिक्तेलस्थित समिक्षालय हलमा उम्मेदवार घोषणा कार्यक्रम राखेर मेयरमा राई र उपमेयरमा होमकाजी आचार्य बिनोदलाई उपमेयरमा उठाउने जानकारी दिएको छ।

पार्टीका निम्ती लामो समयदेखि संघर्ष गर्दै त्याग र बलिदान दिएका नेतालाई मेयर र उपमेयरको पदका लागि उठाइएको माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य एबं जिल्ला इन्चार्ज ध्रुब बुढाथोकी धिरेनले घोषणा गरे। नेकपा माओबादी केन्द्रले नेता गिरीराजमणी पोखरेलको उपस्थितिमा रुपाकोट मझुवागढी नगरपालिकाको मेयर, उपमेयर सहित १५ वटै वडाको उम्मेदवार घोषणा गरेको छ । दुई नगरपालिका रहेको खोटाङका ठूला दलमध्येका कांग्रेस र एमालेले हालसम्म मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउन नसकिरहेका बेलामा माओबादी केन्द्रले भने प्रमुख पदमै महिला उम्मेदरलाई अघि सारेको छ।

२०६४ सालमा संबिधान सभाको सामानुपातिक सदस्य बनेकी राई २०७० सालमा भएको संबिधानसभाको दोश्रो निर्वाचनमा खोटाङ क्षेत्र नम्बर १ बाट टिकट पाए पनि पराजित भएकी थिइन्।

प्रकाशित: ७ जेष्ठ २०७४ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App