१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काठमाडौंमा एमाले र कांग्रेसको पाँच/पाँच नगरपालिकामा अग्रता

काठमाडौं –  स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौं जिल्लामा नेपाली काँग्रेसले ५ र  नेकपा एमाले पनि ५ वटा नगरपालिकामा अग्रता लिएको छ। चन्द्रागिरी, टोखा, गोकर्णेश्वर, कागेश्वरी मनोहर र नागार्जुन नगरपालिकामा अग्रता लिएको छ। त्यस्तै एमालेले दक्षिणकाली, शंखरापुर, तार्केश्वर, बुढानिलकण्ठ र कीर्तिपुर नगरपालिकामा अग्रता लिएको छ।

चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका घनश्याम गिरी ५२७६, एमालेका प्रल्हाद कार्की २०८४ र माओवादी श्रीकृष्ण श्रेष्ठले १६८५ ल्याएका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रेष्ठ ४१३०, एमाले लिसा नकर्मी ३३५४ र  माओवादी उर्मिला रोका १७४६ मत प्राप्त गरेकी छिन्।

टोखा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार हरिहर अधिकारले ४०५२ र एमालेका ३६५६ प्राप्त गरेका छन् । उपमेयर पदमा भने नेपाली कांग्रेसकी रजनी थापा ३८९१ र एमाले ज्ञानमाया डंगोल ३७९० ल्याएका छन्।

दक्षिणकाली महानगरपालिका भने एमाले अग्रता लिएको छ। दक्षिणकाली नगरपालिकाको मेयर पदमा  एमाले शशी शर्मा ३१४०, नेपाली काँग्रेस मोहन बस्नेत २८८० र  माओवादी उर्गेन लामा १३३० प्राप्त गरेका छन्। त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी बसन्ती तामाङ २९७७, एमाले मीरा आचार्य १३४० र  माओवादी कमला बोहरा ९७८ प्राप्त गरेका छन्।

शङ्खरापुर नगरपालिकाको मेयर पदमा एमालेका सुवर्ण श्रेष्ठ ४३४३, माओवादी कृष्णराज सुवेदी २६५५ र नेपाली काँग्रेस शंकर तिवारी २१२५ प्राप्त गरेका छन्।

बुढानिलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ। मेयर पदमा एमाले उद्व खरेल ३५६२, नेपाली काँग्रेस राजु श्रेष्ठ २५७१ माओवादी रविन अधिकारी ११५० प्राप्त गरेका छन् । त्यस्तै उपमेयर एमाले रमा राई ३८४१, नेपाली काँग्रेस सुभद्रा खड्का २७८५ र माओवादी होमकुमारी दुलाल १११२ प्राप्त गरेका छन्।गोकर्णेश्वर नगरपालिकाको पछिल्लो मत गणना अनुसार मेयर उम्मेदवारमा नेपाली कांग्रेस अगाडी छ। मेयर पदमा नेपाली काँग्रेस सन्तोष चालिसे ३९२४ र एमाले पूण्य चौलागाई २८६४ प्राप्त गरेका छन्। उपमेयर नेपाली काँग्रेस शान्ति नेपाल ३९१५ र एमाले शान्ति श्रेष्ठ ३०४५ ल्याएका छन्।

कागेश्वरी मनोहर नगरपालिकाको मेयर पदमा भने नेपाली काँग्रेस उपेन्द्र कार्की १५०३ र एमालेका कृष्णहरि थापा १२३२ प्राप्त गरेका छन्। त्यस्तै उपमेयर नेपाली काँग्रेस अनिता अधिकारी १५८७ र एमाले विन्दु सिग्देल १३३७ प्राप्त गरेका छन्।

तार्केश्वर नगरपालिकामा एमालेले अग्रता लिएको छ । मेयर पदमा एमाले रामकृष्ण बोहरा २८६६ र नेपाली काँग्रेस श्रीराम थापा २८४२ प्राप्त गरेका छन्।

कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेले अग्रता लिएको छ। एमालेका रमेश महर्जन ३०४३, नेपाली काँग्रेस राजकुमार २८२४  र माओवादी हिराबहादुर महर्जन १४५७ प्राप्त गरेको छ । नागार्जुन नगरपालिकाको मेयरमा भने नेपाली काँग्रेसले अग्रता लिएको छ। 

 

 

प्रकाशित: ३ जेष्ठ २०७४ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App