४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन: योगेश भट्टराई

फाइल तस्बिर

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुँने बताएका छन्।

बिहीबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा जाने क्रममा ईलामबाजारमा पहिचानवादीले कालो झण्डा देखाएर विरोध गरेपछि भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुँने बताएका हुन्।

उनले लेखेका छन्,'आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम  र मजस्ता लाखौंले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ। हाम्रो भनाइ यही छ कि बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ।  उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन। एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन। एमाले वार्ता र संवादका लागि हरबखत तयार छ।'

प्रकाशित: १४ असार २०८० १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App