१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

३१६ जना निर्विरोध, एमालेबाट १४२

काठमाडौं—पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनमा भाग लिएका तीन सय १६ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये तीन सय १६ निर्विरोध निर्वाचित भएका हुन्।

सचिव मैनालीका अनुसार निर्विरोध निर्वाचित हुनेमध्ये एमाले सबैभन्दा अगाडि छ।

सचिव मैनालीका अनुसार निर्विरोध निर्वाचित हुनेमध्ये एमाले सबैभन्दा अगाडि छ। तीन सय १६ निर्वाचितमध्ये एमालेका एक सय ४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६, स्वतन्त्र ३२, राप्रपा पाँच, नेमकिपा दुई, नयाँ शक्तिका एक, परिवार दलका एक जना निर्वाचित भएका छन् । निर्वाचित भएका तीन जनाको भने दल खुल्न सकेको छैन।

आयोगका अनुसार पहिलो चरणमा प्रदेश ३, ४ र ६ अन्र्तगत ३४ जिल्लाका दुई सय ८३ तहमा हुने स्थानीय तह निर्वाचनमा १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार तीन सय ३७ उम्मेदवारले चुनावमा प्रतिस्पर्धा गर्दैछन्।  पहिलो चरणमा चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिकामा निर्वाचन हुँदैछ।

प्रकाशित: २५ वैशाख २०७४ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App