१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

किशोर थापाको चुनाब चिन्ह क्यामेरा, रञ्जुको स्टकोट

किशोर थापा र रन्जु न्यौपाने

काठमाडौं— पुराना पार्टीको विकल्पमा आफूलाई दाबी गर्दै आएका साझा पार्टी र विवेकशील नेपाली दलका काठमाडौं महानगरपालिकाका आ-आफ्ना उम्मेदवारहरुले शुक्रबार चुनाब चिन्ह लिएका छन्। राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उनीहरुले आ आफ्नो चुनाब चिन्ह छानेका हुन्।

'ललितपुर मेयर उम्मेदवारको क्यामेरा भएकाले चुनाब प्रचारमा एकरुपताका लागि क्यामेरा छानेका हौं', थापाले नागरिकन्युजसँग भने।

साझा पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार किशोर थापाले चुनाब चिन्ह क्यामेरा हुने भएको छ। ललितपुर महानगरपालिकामा साझा पार्टीले समर्थन गरेका मेयर उम्मेदवार रमेश महर्जनले पनि क्यामेरा चुनाब चिन्ह लिएको सन्दर्भमा थापाले क्यामेरा छानेको बताए।

'ललितपुरमा साझा पार्टीले समर्थन गरेका उम्मेदवारको चुनाब चिन्ह पनि क्यामेरा भएकाले चुनाब प्रचारमा एकरुपताका लागि क्यामेरा छानेका हौं', थापाले नागरिकन्युजसँग भने।

विवेकशील नेपालीले समर्थन गरेकी स्वतन्त्र उम्मेदवार रन्जु न्यौपानेले चुनाब चिन्ह स्टकोट लिएकी छिन्। २१ औं शताब्दीको नेतृत्वका लागि २१ औं नम्बरमा रहेको स्टकोट आफूले छानेको उनले बताइन्। 'म २१ वर्षकी भएँ। मतदातालाई सम्झिन सजिलो होस् भनेर यो स्टकोट छानेकी हुँ', उनले भनिन्, 'अब म स्टकोट झल्काउँदै यहाँहरुको घरघरमा आउनेछु।'

स्थानीय तह निर्वाचनका लागि वैशाख ३१ गते निर्वाचन हुँदैछ।

प्रकाशित: २२ वैशाख २०७४ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App