१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिन्ह लिने

काठमाडौं -स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपाल एउटै निर्वाचन चिन्ह लिई सहभागी हुने भएका छन्। राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४९ को प्रावधानअनुसार एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा सहभागी हुन दुबै पार्टीको तर्फबाट निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। संघीय समाजवादी फोरम नेपालको नाममा दर्ता रहेको एक हातले समातेको मशाल चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुन दुबै पार्टी मञ्जुर भएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ। नयाँ शक्तिले फोरम नेपालको चुनाव चिन्ह मशाल लिएर निर्वाचनमा सहभागि हुने छ।

ऐनको दफा ४९ को उपदफा (२) मा उम्मेदवारी दिँदा उम्मेदवार कुन दलसँग सम्बन्धित हो त्यो समेत खुलाउनु पर्ने हुँदा दलीय पहिचान समेत कायम रहनेछ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ मा एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ। जसमाय निर्वाचनको प्रयोजनको लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिन्ह वा अन्य कुनै निर्वाचन चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्नेछन् भन्ने उल्लेख छ।

 

प्रकाशित: १२ वैशाख २०७४ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App