१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

'गृहमन्त्रीले असहयोग गरे'

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन् । 

गृहमन्त्री निधिको ‘असहयोगी व्यवहार’ तथा ‘विवादास्पद अभिव्यक्ति’ का कारण निर्वाचन गराउन असहज भएको गुनासो प्रधानमन्त्री दाहालले देउवासँग गरेका हुन् । प्रधानमन्त्रीले गृहमन्त्रीका पछिल्ला व्यवहारलाई गम्भीरतापूर्वक लिइदिन पनि देउवासँग आग्रह गरे ।


‘उपेन्द्र यादवले ‘हामी पनि आन्दोलनमा जान्छाैँ, हाम्रो आन्दोलनमा बाबुराम जी पनि आउनुहुन्छ, कमल थापा पनि धार्मिक अजेन्डा लिएर आउनुहुन्छ भन्नुभएको थियो, अहिले त्यही देख्दैछु’


प्रदेश नम्बर ३ अन्तगर्तका माओवादी केन्द्रका पोलिटब्युरो सदस्यको चुनावकेन्द्रित संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले आफूले देउवासँग गुनासो गरेको जानकारी गराएको सहभागी सदस्य युवराज चौलागार्इंले बताए । ‘मैले कांग्रेस सभापति देउवालाई गृहमन्त्री निधिले असहयोग गरेको तथा विवादास्पद अभिव्यक्ति दिएर निर्वाचनबारे अन्योल बढाइरहनुभएको छ, याद गरिदिनुहोला भनेको छु,’ दाहाललाई उधृत गर्दै चौलागाईंले नागरिकसँग भने, ‘जबाफमा देउवाजीले म आफंै एकपटक सम्झाउँछु, उहाँले मान्नुभएन भने फेरि छलफल गराैँला भन्नुभएको छ ।’ 

दाहालले देउवासँग गुनासो गरेपछि स्थिति सकारात्मक हुँदै गएको पनि बैठकमा सुनाएका थिए । तर निर्वाचन आयोगको तयारी र सुरक्षा व्यवस्थाको विषयसमेत जोडेर गृहमन्त्री निधिले गरेको ‘विवादास्पद ट्विट’ लाई सच्चाइसकेकाले स्थिति बिग्रिनसकेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । 

उपेन्द्रको चेतावनीपछिको राजनीति  

बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्ताव पेस हुनुअघिको एक छलफलमा संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको चेतावनीको प्रसंग पनि सुनाए । संविधान संशोधनमा सहमति लगभग भइसकेको अवस्थामा उपेन्द्र यादवले वैशाखमा ठ्लो आन्दोलन गर्ने÷हुने चेतावनी दिएको पनि दाहालले बैठकमा बताएका थिए । 

‘अब वैशाखमा ठूलो आन्दोलन हुन्छ, त्यो आन्दोलन तपार्इंहरूले धान्न सक्नुहुन्न,’ यादवले आफूलाई दिएको चेतावनी उद्धृत गर्दै दाहालले मंगलबारको बैठकमा भने, ‘हामी पनि आन्दोलनमा जान्छाैँ, हाम्रो आन्दोलनमा बाबुराम (भट्टराई) जी पनि आउनुहुन्छ, कमल थापा पनि धार्मिक अजेन्डा लिएर आउनुहुन्छ भन्नुभएको थियो, अहिले त्यही देख्दैछु ।’ पछिल्लो घटनाक्रम यादवले भनेझैँ भइरहेकाले आफू सचेत र सशंकित भएको भन्दै दाहालले पार्टी नेतालाई गम्भीर हुन आग्रह गरे ।  
प्रधानमन्त्री दाहालका अनुसार यादवले प्रक्षेपण गरेजस्तै सरकार छाड्ने र निर्वाचन बहिष्कार गर्ने उपप्रधान तथा स्थानीय एवं संघीय मामिलामन्त्री कमल थापाको अभिव्यक्तिले झस्काएको छ । ‘निर्वाचन आयोगले राप्रपाको मागबारे बीचको बाटो खोज्ने जनाइसकेकाले थापाजीहरू सरकार नै छाड्ने र निर्वाचन नै बहिष्कार गर्ने बाटोमा नजालान् भन्ने मेरो अनुमान छ’, दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो । 

थापाको अभिव्यक्ति गम्भीर 

पार्टीको चुनावी सभालाई सम्बोधन गर्न दाङ पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले पार्टी विधानमा राजसंस्था र हिन्दु धर्मसम्बन्धी व्यवस्था राख्न निर्वाचन आयोगले नदिए सरकार छाड्ने र निर्वाचनमा भाग लिन नसक्ने अभिव्यक्ति दिएका छन् । थापाको त्यो अभिव्यक्तिलाई आपूmले गम्भीर रूपमा लिएको प्रधानमन्त्री दाहालले बैठकमा बताएका थिए ।  

आइतबार साँझदेखि आएको ज्वरो र झाडापखालाका कारण बालुवाटारमै आराम गरिरहेका दाहालले पेरिसडाँडाको बैठक स्थगित गरेका थिए । बालुवाटारमा बोलाइएको प्रदेश ३ अन्तर्गतका पोलिटब्युरो सदस्यको भेलामा दाहालले निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

माओवादी नेता लीलामणि पोखरेलका अनुसार प्रधानमन्त्री दाहालले एकै चरणमा मात्रै स्थानीय निर्वाचन गरिने भन्दै सिंगो पार्टी पंक्ति परिचालनमा जोड दिएका छन् । ‘वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचन कुनै पनि हालतमा रोकिँदैन, यसमा कुनै भ्रम र द्विविधा लिन जरुरी छैन,’ पोखरेलले भने, ‘उम्मेदवार छनोट र ९ गते सबै स्थानीय तहमा चुनावी सभा तयारी गर्न पनि अध्यक्षज्यूको निर्देशन छ ।’ 

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावलाई अस्वीकार गर्दैे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय गठबन्धनले निर्वाचन बहिष्कार घोषणा गरे पनि सरकारले सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने जानकारी बैठकमा गराए । संविधान जारी गर्ने बेला पनि अत्यन्त अप्ठेरो स्थिति भएको स्मरण गराउँदै दाहालले एमाले र माओवादी निर्वाचनका लागि प्रतिबद्ध भएर लागेको र कांग्रेसको बहुमत पक्षले पनि निर्वाचनमै जोड गरेकाले स्थगित नहुने बताए ।

प्रधानमन्त्रीले गृहमन्त्री निधिले भनेजस्तो सुरक्षा प्रबन्ध कमजोर नभएको जानकारी पनि बैठकलाई गराए । ‘आजै मात्रै मैले सुरक्षाका चारै निकायका प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिएको थिएँ । उहाँहरूले सुरक्षाका कारण चुनाव रोकिने अवस्था छैन, सुरक्षा निकाय सक्षम छ भन्नुभएको छ’, दाहालले बैठकमा भने ।  

प्रकाशित: ६ वैशाख २०७४ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App