१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको लौकहीको सभा स्थगित

इटहरीमा अाइतबार भएको एमालेको सभा। तस्विरः अमर खड्का

इटहरी—पार्टीलाई ‘मधेस बिरोधी’ भन्दै भ्रम फिजाएपछि त्यसलाई चिर्न लागि सुरु गरिएको मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन सोमबार सुनसरीको लौकहीमा राखिएको कोणसभा स्थगित गरिएको छ। झुम्का र इनरुवामा भने कोणसभा हुँदैछ।

झुम्कामा हुने कोणसभालाई एमालेका बैकल्पिक केन्द्रीय सदस्य तयूव हुसेन र इनरुवामा हुने कोणसभालाई नेता लालबाबु पण्डित र भगवती चौधरीले सम्बोधन गर्ने कार्यक्रम छ।

मधेसी मोर्चाका कार्यकर्ताले अभियानमा अवरोध गर्ने सम्भावना बढेपछि लौकहीको कोणसभा स्थगित गरिएको जानकारी दिइयो। लौकहीमा जनपरिचालन सोचे अनुसार नभएकाले गर्दा त्यहाँ कोणसभा नगरिकन सिधै सप्तरीतर्फ जाने तयारी भएको एमाले सुनसरी जिल्ला अध्यक्ष द्दारिकलाल चौधरीले बताए। उनका अनुसार, झुम्का र इनरुवामा भने कोणसभा हुनेछ।

झुम्कामा हुने कोणसभालाई एमालेका बैकल्पिक केन्द्रीय सदस्य तयूव हुसेन र इनरुवामा हुने कोणसभालाई नेता लालबाबु पण्डित र भगवती चौधरीले सम्बोधन गर्ने कार्यक्रम छ। एमालेले शनिबार काँकडभिट्टाबाट सुरु गरेको १५ दिने अभियानमा सहभागी आइतबार राति इटहरीमा बास बसेर अब केहीबेरदेखि अभियान सुरु हुनेछ।
 

प्रकाशित: २३ फाल्गुन २०७३ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App